IME Life New

खतरामा आधा विश्व ! गुगलको ‘जिरो डे’मा अलर्ट जारी, तुरुन्तै गरौँ यी काम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रविधिको विशाल कम्पनी गुगलको क्रोम ब्राउजर विश्वभर लोकप्रिय छ। विश्वभर ३ अर्ब ५० करोडभन्दा बढी प्रयोगकर्ता छन्।

अहिले धेरैजसो प्रयोगकर्तामाथि एउटा ठूलो खतरा देखिएको छ। जुन दुई कमजोरीबाट उत्पन्न भएको हो। जुन गुगलले ‘जिरो डे’ कमजोरीका रुपमा वर्गीकृत गरेको छ। ह्याकरहरुले क्रोम ब्राउजर प्रयोगकर्तालाई लक्षित गर्न ती कमजोरीको फाइदा उठाउन सक्छन्।

Esewa
Crest

फोर्ब्सको रिपोर्टअनुसार धम्कीलाई पहिचान गर्दै क्रोमले आपतकालीन सुरक्षा अपडेट जारी गरेको छ र प्रयोगकर्तालाई आफ्नो ब्राउजर तुरुन्तै अपडेट गर्न सल्लाह दिएको छ। अद्यावधिक गरेपछि प्रयोगकर्ताले आफ्ना उपकरण र डाटा सुरक्षित गर्न सक्छन्।

जोखिमका बारेमा अझै धेरै जानकारी खुलासा गरिएको छैन। कम्पनीको विश्वास छ कि जबसम्म धेरैजसो प्रयोगकर्ताले नवीनतम अपडेटहरुमार्फत ब्राउजर कमजोरीहरु समाधान गर्दैनन् तबसम्म उनीहरुको विवरणहरु ह्याकरहरुलाई शोषण गर्नबाट रोक्न सीमित हुनेछन्। यी कमजोरीलाई सीभीई–२०२६–३९०९ र सीईभी–२०२६–३९१० का रुपमा ट्रयाक गरिएको छ।

इन्टरनेट प्रयोगकर्ताहरु जानकारी खोज्न ब्राउजरहरुमा भर पर्छन्। प्रत्येक स्मार्टफोन र पीसी प्रयोगकर्तासँग ब्राउजर हुन्छ। जसमा क्रोमको बजार हिस्सा सबैभन्दा बढी हुन्छ। त्यसैले ह्याकरहरुले प्रयोगकर्ता विवरणहरु सजिलै पहुँच गर्न ब्राउजरहरुलाई लक्षित गर्छन्।

ओमडियाको सन् २०२५ को प्रतिवेदन पालो अल्टो नेटवक्र्सका लागि तयार पारिएको थियो। प्रतिवेदनअनुसार ९५ प्रतिशत संस्थाहरुले १ वर्षमा साइबर सुरक्षा खतराको सामना गरे। जुन कर्मचारीको कम्प्युटरबाट उत्पन्न भएको थियो।

साइबर विज्ञहरु के भन्छन् ?

ब्राउजर ह्याकिङको सन्दर्भमा साइबर विज्ञहरुका अनुसार ह्याकरहरुले अब ब्राउजरहरुलाई प्रत्यक्ष रुपमा लक्षित गर्छन्। यसमा चोरी भएका टोकनहरु प्रयोग गरेर सेसन हाइजेकिङ र उन्नत फिसिङ आक्रमण समावेश छन्। जसले लामो समयदेखि चलिरहेको मल्टी–फ्याक्टर अथेन्टिकेसनलाई पनि बाइपास गर्न सक्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS