IME Life New

गिनिज वर्ल्ड रेकर्डधारक एलआईसी भारतको बम्पर कमाइ, शेयरधनीलाई लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एकैदिन रेडर्कतोड संख्यामा बीमा पोलिसी बेचेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसीले आफ्नो चौथो त्रैमासको नतिजा सार्वजनिक गरेको छ।

नतिजा घोषणा गर्दै एलआईसीले जनवरी–मार्च त्रैमासिकमा भारु १ खर्ब ९० अर्ब १३ करोड खुद नाफा कमाएको जनाएको छ। यसले वार्षिक आधारमा ३८ प्रतिशतले वृद्धि देखाउँछ। अघिल्लो आर्थिक वर्षमा एलआईसीको खुद नाफा भारु १ खर्ब ३७ अर्ब ६३ करोड थियो।

Esewa
Crest

नतिजा घोषणा गर्नुका साथै एलआईसीले वित्त वर्ष २०२५ का लागि शेयरधनीहरुलाई प्रतिशेयर भारु १२ लाभांश वितरण गर्ने घोषणा पनि गरेको छ। यसका लागि रेकर्ड मिति जुलाई २५ तय गरिएको छ।

खुद नाफामा वृद्धि भए पनि मार्च त्रैमासिकमा कम्पनीको खुद आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्ष भारु २५ खर्ब ९ अर्ब २३ करोड आम्दानी गरेको समीक्षा अवधिमा घटेर भारु २४ खर्ब १६ अर्ब २५ करोड झरेको छ। कम्पनीले खुद प्रिमियम आम्दानीमा कमी आएका कारण आम्दानीमा घटेको जनाएको छ।

यस वर्ष २० जनवरीमा एलआईसीले एकै दिनमा रेकर्ड संख्यामा पोलिसी बेचेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएको थियो। केवल २४ घन्टाभित्र कम्पनीका ४ लाख ५२ हजार ८३९ एजेन्टले भारतभरि ५ लाख ८८ हजार १०७ जीवन बीमा पोलिसी बेचेका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS