IME Life New

मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका जारी, कस्ता कम्पनी र ब्रोकर कारोबारका लागि योग्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२ जारी गरेको छ। यो निर्देशिका बोर्डले तोकेको मितिपछि लागू हुनेछ।

निर्देशिकामा मार्जिन कारोबारका लागि योग्य कम्पनीको कम्तीमा २५ लाख कित्ता शेयर सूचीकृत भएको हुनुपर्नेछ। नेटवर्थ चुक्तापुँजीबराबर र सोभन्दा बढी भएको, पछिल्लो ३ वर्षमा २ वर्ष खुद नाफा, गरेको, आइपीओ जारी भएको शेयर सूचीकरण भएको कम्तीमा २ वर्ष पूरा भएको कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य हुने प्रस्ताव मस्यौदामा गरिएको छ।

Esewa
Crest

यसैगरी निर्देशनमा मार्जिन कारोबार गर्न योग्य कम्पनीसँगै मार्जिन कारोबार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर)को योग्यताका विषयमा विभिन्न व्यवस्था गरिएको छ। चुक्तापुँजी कम्तीमा २० करोड रुपैयाँ भएका ब्रोकरले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछन्।

यसैगरी राफसाफ सदस्यता प्राप्त गरेका, निक्षेप सदस्यता प्राप्त गरेका र धितोपत्र बजार (नेपाल स्टक एक्सचेन्ज)ले तोकेको अन्य व्यवस्था पूरा गरेका ब्रोकर मार्जिन कारोबार सुविधा प्रदान गर्न योग्य हुने व्यवस्था प्रस्तावित निर्देशनमा गरिएको छ।

निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीको शेयरधनी रहेको वा सहायक कम्पनीका रुपमा रहेका धितोपत्र दलाल व्यवसायीको मुख्य कम्पनी निक्षेप सदस्य प्राप्त गरेकोले पनि यो सुविधा प्रदान गर्न सक्नेछन्।

margin

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS