IME Life New

गुह्येश्वरी मर्चेन्ट बैंकिङले ९% ब्याजदर भएको ऋणपत्र ल्याउने, सेबोनसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुह्येश्वरी मर्चेन्ट बैंकिङ फाइनान्सले २६ करोड रुपैयाँबराबरको ऋणपत्र ल्याउने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोड (सेबोन)सँग अनुमति माग्दै निवेदन दिएको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले ‘गुह्येश्वरी डिबेन्चर–२०८९’ जारी गर्नेछ। जसअनुसार कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल २ लाख ६० हजार इकाइ ऋणपत्र बिक्री गर्नेछ।

Esewa
Crest

कुल इकाइमध्ये कम्पनीले १ लाख ५६ हजार इकाइ ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १ लाख ४ हजार इकाइ ऋणपत्रको भने सार्वजनिक निष्कासन गरिनेछ।

कम्पनीको यो ८ वर्षे ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।

गुहेश्वरी मर्चेन्ट बैंकिङको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS