IME Life New

सौर्यमण्डलमा बाहिरको पाहुनाः ३आई एटलसले के लुकाएको छ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हाम्रो सौर्यमण्डलमा अर्को एक रहस्यमय अन्तरतारकीय आगन्तुक प्रवेश गरेको छ। जसले वैज्ञानिक जगतलाई मात्र होइन आममानिसलाई पनि चकित पारेको छ।

सन् २०२५ को जुलाईमा पत्ता लागेको ३आई एटलस नामको एउटा वस्तुलाई लिएर वैज्ञानिक तथ्य र एलियनसम्बन्धी अनुमानबीच बहस सुरु भएको छ। यो सौर्यमण्डल बाहिरबाट आएको तेस्रो यस्तो वस्तु हो, जसले ब्रह्माण्डको गहिराइमा लुकेका रहस्यलाई उजागर गर्ने मौका दिएको छ।

Crest

३आई एटलसः एक विशाल र रहस्यमय आगन्तुक

चिलेको एटलस सर्वेक्षण टेलिस्कोपले पत्ता लगाएको ३आई एटलस एक साधारण वस्तु होइन। यो अन्तरतारकीय धुमकेतु हो। जुन हाम्रो सौर्यमण्डलको नभई बाहिरी कुनै तारा प्रणालीबाट अर्बौं वर्षको यात्रापछि यहाँ आइपुगेको हो। यसको आकार ७ देखि १२ माइल (१२–२० किमी) सम्म रहेको अनुमान गरिएको छ। जसले यसलाई अहिलेसम्म पत्ता लागेका अन्तरतारकीय वस्तुमध्ये सबैभन्दा ठूलो बनाएको छ। प्रतिघन्टा १३ लाख माइलको गतिमा अघि बढिरहेको यो वस्तु नोभेम्बरको अन्त्यमा सूर्यको सबैभन्दा नजिक आइपुगेको थियो र अहिले पृथ्वीबाट टाढिँदैछ। यसले कुनै पनि प्रकारको ठक्करको जोखिम नल्याउने वैज्ञानिकहरुले बताएका छन्।

वैज्ञानिक तथ्य र एलियनको हल्ला

जब कुनै वस्तु ब्रह्माण्डको गहिराइबाट आउँछ तब एलियनको चर्चा हुनु स्वाभाविक हो। ३आई÷एटलसको विशाल आकार र अनौठो गतिलाई लिएर केही व्यक्ति र अनलाइन रिपोर्टहरुले यसलाई एलियनको यान हुन सक्ने अड्कलबाजी गरेका छन्। सामाजिक सञ्जालमा त ‘एलियन आक्रमण’ का हल्लासमेत फैलिए। तर, विज्ञानको विशाल समुदायले भने यी सबै अड्कलबाजीलाई खारेज गरेको छ। वैज्ञानिकहरुको भनाइमा यो वस्तु पूर्ण रुपमा प्राकृतिक, प्राचीन धुमकेतु हो। जसको एलियन गतिविधिसँग कुनै सम्बन्ध छैन।

वैज्ञानिक महत्व र भविष्यको खोजी

३आई एटलस को आगमन वैज्ञानिकहरुका लागि एउटा दुर्लभ अवसर हो। यसको अध्ययनबाट हामीले हाम्रो सौर्यमण्डल बाहिरका तारा प्रणालीहरु, त्यहाँ ग्रहहरु कसरी बने र जीवनका लागि आवश्यक रासायनिक तत्वहरु कस्तो अवस्थामा छन् भन्नेबारे जानकारी पाउन सक्छौँ। यस्ता अन्तरतारकीय आगन्तुकले पृथ्वीमा पानी, जैविक पदार्थ वा जीवनको उत्पत्तिबारे पनि नयाँ सिद्धान्तहरुलाई बल पुर्याउन सक्छन्।
यस घटनाले भविष्यमा यस्ता वस्तुहरुलाई नजिकबाट अध्ययन गर्न रोबोटिक मिसनहरु पठाउनुपर्ने आवश्यकतालाई पनि औंल्याएको छ। ३आई एटलस अहिलेलाई एउटा प्राकृतिक घटनामात्र भए पनि यसले हाम्रो ब्रह्माण्डमा अझै कति कुराहरु खोजी गर्न बाँकी छन् भन्ने महत्वपूर्ण सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS