IME Life New

टाठाबाठाले उचाल्दैछन् गार्डियन माइक्रो लाइफको शेयरभाउ, सोझा लगानीकर्ता फस्ने डर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोस्रो बजारमा कारोबार आएदेखि लगातार सकारात्मक सर्किट लागिरहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा लगानीकर्ता फस्ने खतरा बढ्दै गएको छ।

गार्डियन माइक्रो लाइफ दोस्रो बजारमा कारोबारमा आएको पहिलो लघु बीमा कम्पनी हो। यो कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गत माघ २७ गतेदेखि कारोबारमा आएको थियो। हिजो फागुन २५ गते १९ औँ दिनसम्म गार्डियन माइक्रो लाइफको शेयरमा सकारात्मक सर्किट लागिरहेको छ।

Esewa
Crest

नेप्सेले दोस्रो बजारमा कारोबारका लागि गार्डियन माइक्रो लाइफले प्रतिकित्ता न्यूनतम १००.३४ रुपैयाँ र अधिकतममा ३०१.०२ रुपैयाँ तोकेको थियो। नेप्सेले तोकेको अधिकतम रेन्ज ३०१ रुपैयाँमा यो कम्पनीको शेयर कारोबार खुलेको थियो। हिजो आइतबार गार्डियन माइक्रो लाइफको शेयर प्रतिकित्ता १८३९.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

नेप्सेमा गार्डियन माइक्रो लाइफको कुल ७५ लाख कित्ता शेयर सूचीकृत छ। जसमा संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता र सर्वसाधारण (कर्मचारी, वैदेशिक रोजगारमा रहेका नेपाली र सामूहिक लगानी कोषसहित)को २२ लाख ५० हजार कित्ता शेयर रहेको छ।

भोलुम कम भएकै कारण पनि गार्डियन माइक्रो लाइफको शेयरभाउ अनावश्यक रुपमा उचाल्ने काम भइरहेको छ। कम्पनीको वित्तीय स्वास्थ्य खासै राम्रो देखिँदैन। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यो कम्पनीको वार्षिकीकृत ईपीएस ४.४१ रुपैयाँमात्रै रहेको छ। पीई रेसियो ५९५.४९ गुणा रहेको कम्पनीको बुक भ्यालु ७७.०७ रुपैयाँ रहेको छ।

लघु जीवन बीमा व्यवसाय गर्ने कम्पनीले दोस्रो त्रैमाससम्म १ करोड १५ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको छ। यो अवधिसम्म कम्पनीको कुल बीमाशुल्क आर्जन १२ करोड ५५ लाख रुपैयाँ रहेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा १३ लाख ५१ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ७७ लाख ८४ हजार रुपैयाँ, अन्य इक्विटीमा ३३ लाख ५८ हजार रुपैयाँ र जीवन बीमा कोषमा ८ करोड ६२ लाख रुपैयाँ रहेको छ। कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो १.९७ रहेको छ।

बजार जानकारहरुका अनुसार टाठाबाटा लगानीकर्ताले गार्डियन माइक्रो लाइफको शेयरभाउ अनावश्यक रुपमा उचाल्ने काम गरिरहेका छन्। ‘कम्पनीको व्यवसाय प्रगति खासै देखिँदैन, सीमित क्षेत्रमा कम्पनीले लघु जीवन बीमा व्यवसाय गरिरहेको छ’, बजार जानकार विनोद भण्डारीले भने, ‘आधारभूत रुपमा कमजोर रहेको कम्पनीको शेयरभाउ यसरी बढ्दा सोझा लगानीकर्ता फस्ने डर उत्तिकै बढेको छ। कम्पनीको प्राविधिक र आधारभूत पक्षलाई हेरेर शेयरमा लगानी गर्नुपर्छ। नत्र फस्ने जोखिम बढी हुन्छ।’

शेयर बजारका पुराना लगानीकर्ता मोहन त्रिपाठी पनि आधारभूत रुपमा कजोर रहेको गार्डियन माइक्रो लाइफको शेयरमा टाठाबाटा लागेको बताउँछन्। ‘उनीहरुको दाउ यो कम्पनीको शेयरभाउ २ हजार रुपैयाँ कटाउने रहेको छ। सोझा लगानीकर्ता उच्च विन्दुमै शेयर किनिरहेका छन्’, त्रिपाठीले भने, ‘अरु भनेकै भरमा कमजोर कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिए रहेका छन्। अन्त्यमा फस्ने सोझा लगानीकर्ता नै हुन्।’
कम्पनीको वित्तीय अवस्था बुझेरमात्रै लगानी गर्न त्रिपाठी सुझाव दिन्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

38%
amazed

अचम्मित

0%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS