IME Life New

मुख्य सूचकहरुमा ग्रीन डेभलपमेन्ट बैंकको प्रगति, नाफा ७९%ले बढ्दा लाभांश क्षमता १०% माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ६ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा बैंकले ३ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ७९.५३ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा १३ करोड १८ लाख रुपैयाँ रहेको थियो। समीक्षा वर्षमा बैंकको लाभांश वितरण गर्ने क्षमता १०.६७ प्रतिशत देखिएको छ।

समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ९ करोड ८७ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ५ करोड ७१ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि ७२.७९ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा बैंकले २० करोड २० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष बैंकले १७ करोड १६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी १७.७३ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ५६ करोड ९६ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः ६ करोड ७ लाख रुपैयाँ र ६ करोड ५१ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ र रिजर्भमा क्रमशः ३ करोड ७९ लाख रुपैयाँ र ५ करोड १६ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा बैंकले ६ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ७३ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब ९७ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९४ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.३३ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.१८ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १२.१८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ७.१८ रुपैयाँमा सीमित थियो। पीई रेसियो १२२.०७ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १२२.११ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS