IME Life New

मंगलबार र बुधबार भारी वर्षातको संभावना भएकाले सावधानी अपनाउन सरकारको अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माैसम पूर्वानुमान महाशाखाले यो साता मंगलबार र बुधबार (असार १६ र १७ गते ) कर्णाली बाहेकका प्रदेशमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको संभावना औंल्याउँदै सतर्कता अपनाउन सचेत गराएको छ।

महाशाखाले आइतबार राति जारी गरेको बुलेटिनमा  मनसुनी गतिविधि बढ्न गई मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

Esewa
Crest

साथै पहाडी र तराई भूभागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। बंगालको खाडीमा विकसित हुने न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने भएकाले मनसुन बाँकी भूभागमा पनि फैलिने सम्भावना छ।

सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको भन्दै सावधानी अपनाउन सर्वसाधारणसँग महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले वर्षासँगै नदी, खोलानालाको बहाव बढेर दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारणलाई सचेत गराएको छ।

महाशाखाले मनसुनी प्रणालीलाई निरन्तर अनुगमन जारी रहेकाले सोको विवरण नियमित रूपमा अद्यावधिक गर्दै जाने जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS