IME Life New

नेपालीलाई सरकारले भन्योः ‘सकेसम्म छिटो इरान छोड्नु, यात्रा नगर्नु’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो फर्किन सुझाव दिएको छ।

परराष्ट्र मन्त्रालयले आज ट्राभल एड्भाइजरी जारी गर्दै सकेसम्म छिटो इरान छाड्न सुझाव दिएको हो। अमेरिकासँग बढ्दो तनावबीच इरानमा भइरहेको पछिल्लो घटनाक्रमलाई ध्यानमा राखेर मन्त्रालयले अवस्था सामान्य नभएसम्म नेपाली नागरिकलाई इरानको यात्रा योजना पनि स्थगित गर्न सल्लाह दिएको छ। ‘हाल इरानमा बसोबास गर्ने वा काम गर्ने नेपाली नागरिकलाई उपलब्ध कुनै पनि माध्यमबाट सकेसम्म चाँडो देश छोड्न सल्लाह दिइन्छ’, एड्भाइजरीमा भनिएको छ।

Esewa
Crest

इरानमा रहेका नेपाली नागरिकलाई पनि आपतकालीन उद्धारका लागि आफ्नो यात्रा कागजातहरु जस्तै– राहदानी र परिचयपत्र तयार राख्न पनि मन्त्रालयले आग्रह गरेको छ। ‘कृपया यस सम्बन्धमा मन्त्रालयको जनवरी १३ को ट्राभल एड्भाइजरी पनि हेर्नुहोला’, मन्त्रालयले भनेको छ।

थप समन्वयका लागि नेपालीले तल दिइएको सम्पर्क विवरण प्रयोग गरेर परराष्ट्र मन्त्रालय र नेपाल दूतावास दोहामा सम्पर्क गर्न सक्नेछन्।

Ministry of Foreign Affairs, Kathmandu

Telephone: +977-014200182-85, +977-9862678437
E-mail: [email protected]
Telephone: +977-14200480, +977-9851354565
E-mail: [email protected]

Embassy of Nepal, Doha
Telephone: +974-6621 4419
E-mail: [email protected]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS