IME Life New

सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ दर्ता अस्थायी रुपमा रोक्न निर्देशन दिएको छ।

विभागले देशभरका सम्बन्धित निकायहरुलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको छ। ‘सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण, सवारी चाप र ट्राफिक जाम बढ्दै गएको तथा आवागमनमा कठिनाइ उत्पन्न भइरहेको छ’, पत्रमा भनिएको छ, ‘बढ्दो इन्धन मूल्यका कारण सार्वजनिक सवारी तथा यातायात क्षेत्रमा देखिएको असहजता र कठिनाइलाई व्यवस्थापन गर्न सार्वजनिक सवारीको उचित व्यवस्थापन आवश्यक देखिएको छ।’

Esewa
Crest

पत्रमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४ को उपदफा (३) अनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित अन्य कारणले कुनै किसिमका सवारीसाधनको दर्ता रोक्न सकिने व्यवस्था रहेको अवगत गराइएको छ। सोही व्यवस्थाअनुसार नेपाल सरकारले अर्को सूचना जारी नगरेसम्म सार्वजनिक सवारीसाधन (विद्युतीय सार्वजनिक सवारीसाधन समेत) को नयाँ दर्ता रोक्न विभागले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS