IME Life New

नयाँ शैक्षिकसत्रमा १०% विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न निजी विद्यालयलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रका संस्थागत (निजी) विद्यालयलाई २०८२ को नयाँ शैक्षिकसत्रमा कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई छात्रवृत्ति वितरण गर्न निर्देशन दिएको छ।

महानगरपालिकाले काठमाडौं महानगर क्षेत्रका संस्थागत विद्यालयमा नाममा एउटा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। विद्यार्थी र निजका अभिभावकबाट आवेदन लिई आउँदो जेठ महिनाको पहिलो साताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन महानगरपालिकाले निर्देशन दिएको छ।

Esewa
Crest

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ र काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ अनुसार जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपांग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशीका आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ। काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३)मा रहेको व्यवस्थाबमोजिम गठन हुने छात्रवृत्ति छनौट समितिको निर्णयबमोजिम नै छात्रवृत्ति प्रदान गर्न परिपत्रमार्फत निर्देशन दिइएको छ।

उक्त छात्रवृत्ति वितरणको विवरण विद्यालयले प्राप्त गरेको युजर आई र पासवर्ड प्रयोग गरी पेस गर्न पनि महानगरपालिकाले निर्देशन दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS