IME Life New

छात्रवृत्ति करारमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले तलबभत्ता पाउने व्यवस्था गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्ति करारमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले तलबभत्ता पाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

आज सातै प्रदेशका स्वास्थ्य मन्त्रालयका नाममा परिपत्र जारी गर्दै संघीय स्वास्थ्य मन्त्रालयले यस्तो निर्देशन दिएको हो। ‘कतिपय प्रदेशमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले चालु आर्थिक वर्षमा हालसम्म पनि तलबभत्ता नपाएको भन्ने गुनासो प्राप्त भएको छ’, परिपत्रमा भनिएको छ, ‘त्यसैले प्रदेश र अन्तर्गतका स्थानीय तहहरुका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नियमित रुपमा तलबभत्ता पाउने व्यवस्था छात्रवृत्ति मिलाउनका लागि आदेशानुसार अनुरोध छ।’

Esewa
Crest

प्रदेशअन्तर्गत ब.उ.शि.नं. ३७०००११४ (स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमा) मा ख.शि.नं. २६३३२ एलएमबीआईएस कोड २.७.२२.६६९२ क्रियाकलाप ‘छात्रावृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब भत्ता’ नेपाल सरकार स्रोततर्फ बजेट विनियोजन भएको छ। साथै, प्रदेशस्तरीय कार्यक्रम सञ्चालन मार्गदर्शन २०८२।८३ मा समेत छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको तलबभत्ता छात्रवृत्ति चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१ र छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ बमोजिम प्रदेश र अन्तर्गतका स्थानीय तहहरुमा खटाइएका चिकित्सक तथा स्वास्थ्यकर्मीको तलबभत्ता स्वास्थ्य हेर्ने प्रदेश मन्त्रालयमा विनियोजन भएको बजेटबाटै व्यवस्थापन गर्नुपर्नेछ’ भन्ने उल्लेख छ।

त्यसरी खटाइएका चिकित्सक तथा स्वास्थ्यकर्मीको तलबभत्ता अपुग भएमा मन्त्रालयमा माग गर्नुपर्ने स्पष्ट गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS