काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने दाबी गरेको छ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो दाबी गरेका हुन्।
दक्ष जनशक्ति प्रयोगशाला, अतिआवश्यक औषधि, डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवासहितका आधारभूत संघसंस्थाहरुलाई स्वास्थ्य बीमाको प्रथम विन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएको उनले जानकारी दिए।












