काठमाडौं । सरकारले बैंकहरुमा बढ्दै गउको खराब कर्जा व्यवस्थापन गर्न राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी आउँदो पुस मसान्तभित्र स्थापना गर्ने घोषणा गरेको छ।
संघीय संसदको दुवै सदनको बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्। बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने वाग्लेले जानकारी दिए।
यसैगरी अर्थमन्त्री वाग्लेले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पियर टु पियर (पीटुपी) लेनदेन नियमनसहित सञ्चालन गरिने जानकारी दिए।












