काठमाडौं । सरकारले नेपाल टेलिकमको शेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको ६६ प्रतिशत शेयर कायम राख्दै बाँकी शेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताएका हुन् ।
साथै, त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने उनले बताएका छन् ।












