काठमाडौं । सरकारले ‘नेपाल लगानी भिसा’ जारी गर्ने घोषणा गरेको छ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो। नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले आज सिंहदरबारमा बसेको संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन्।
नीति तथा कार्यक्रममा सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराउने योजना ल्याइएको हो।












