IME Life New

गभर्नर अधिकारी भोलिबाट १० दिने ‘फोर्स लिभ’मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भोलि चैत ५ गतेबाट १० दिनको ‘फोर्स लिभ’मा बस्ने भएका छन्।

आफ्नो कार्यकाल सकिनुअघि राष्ट्र बैंकका गभर्नर सञ्चित बिदा सक्न फोर्स लिभमा बस्ने परम्परा रहेको छ। सोही परम्पराअनुसार गभर्नर अधिकारी पनि १० दिनको फोर्स लिभमा बस्ने भएका हुन्।

Esewa
Crest

अधिकारी २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए। उनको पाँचवर्षे कार्यकाल आउँदो चैत २४ गतेबाट सकिँदैछ।

राष्ट्र बैंकका सूचना अधिकारी डा भागवत आचार्यका अनुसार कार्यकाल सकिनुअघि बस्नैपर्ने बिदा भएकोले गभर्नर अधिकारी १० दिन बिदा बस्न लागेका हुन्। ‘सञ्चित बिदा कार्यकाल सकिनुअघि सक्नुपर्छ’, उनले भने, ‘त्यही भएर उहाँ फोर्स लिभमा बस्न लाग्नु भएको हो।’

चैत १५ गते फेरि गभर्नर अधिकारी राष्ट्र बैंकमा हाजिर हुने आचार्यले जानकारी दिए। ‘त्यसपछि चैत २४ गते उहाँलाई कार्यक्रम राखेर बिदा गरिनेछ’, उनले भने।

गभर्नर अधिकारी बिदामा बस्दा कामु गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाले पाउने छिन्।

गत फागुन २१ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर नियुक्ति सिफारिस समिति गठन गरिसकेको छ। समितिका सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र वित्त व्यवस्थापन क्षेत्रका विज्ञका डा विश्व पौडेल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS