IME Life New

सरकारको सकारात्मक सन्देशले बढ्दै लगानीकर्ताको मनोबल, शेयर बजारमा सुधारको अपेक्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत साता केही व्यवसायीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएपछि लगानीकर्तामा त्रास फैलिँदा शेयर बजारमा गिरावट देखिएको थियो। तर, नयाँ सरकार गठनपछि आएको नीतिगत स्पष्टता र सकारात्मक सन्देशले आगामी दिनमा बजार सुधार हुने संकेत देखिएको छ।

सरकार गठनपछिको पहिलो प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेले नेपाल अब लगानीका लागि सुरक्षित गन्तव्य बन्ने दाबी गरे। उनले रास्वपाको नेतृत्वमा गठन भएकोले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गरे। उनले राजनीतिक स्थिरता, कानुनी सुरक्षा र पारदर्शी प्रशासन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। यी कुराले लगानीकर्ताको आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ।

Esewa
Crest

यसैबीच उच्च तहका प्रभावशाली व्यक्तिहरुमाथि कारबाही प्रक्रिया अघि बढाइँदै भ्रष्टाचार नियन्त्रणमा कडाइ भएको संकेत देखिएको छ। विश्लेषकहरुका अनुसार यस्ता कदमले सुशासन मजबुत हुँदै गएको सन्देश दिँदै आर्थिक वातावरणलाई सकारात्मक दिशातर्फ अघि बढाउनेछ।

अर्कोतर्फ नेपाल छिट्टै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टबाट बाहिरिने दिशामा रहेको संकेतहरु देखिएका छन्। पूर्वअर्थमन्त्री रामेश्वर खनालले समेत सामाजिक सञ्जालमार्फत यस्तो सम्भावनाको संकेत गरेका छन्।

यदि नेपाल ग्रे लिस्टबाट बाहिरिन्छ भने अन्तर्राष्ट्रियस्तरमा नेपालको वित्तीय छवि सुधार भई विदेशी लगानी थप आकर्षित हुने विश्वास गरिएको छ।

बजार विश्लेषकहरुका अनुसार नीतिगत स्पष्टता, सुशासन र लगानी सुरक्षासम्बन्धी यस्ता सन्देशले पुँजीबजारमा देखिएको अन्योल क्रमशः घटाउँदै नयाँ लगानी भित्रिने सम्भावना बढाएको छ। विशेषगरी नेप्सेमा पछिल्लो समय देखिएको मनोवैज्ञानिक दबाब कम हुँदै बजार सुधारतर्फ उन्मुख हुन सक्ने देखिएको छ।

समग्रमा पछिल्ला नीतिगत प्रतिबद्धता, भ्रष्टाचार नियन्त्रणमा कडाइ र अन्तर्राष्ट्रिय विश्वसनीयता अभिवृद्धिका संकेतहरुले नेपालको शेयर बजारमा सकारात्मक वातावरण सिर्जना गर्दै लगानीकर्ताको विश्वास पुनः स्थापित हुने आधार बलियो बन्दै गएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS