IME Life New

अर्थतन्त्र सुधारमा सरकारको प्रयत्न सरहानीयः चन्द्र ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसउाद ढकालले पछिल्लो समय अर्थतन्त्र सुधारमा सरकारको प्रयत्न सरहानीय रहेको बताएका छन्।

महत्वपूर्ण व्यावसायिक व्यक्तित्व सम्मान कार्यक्रममा आज अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। ‘वर्तमान सरकारको एक बर्ष पूरा भएको अवसर पनि परेको हुँदा अर्थतन्त्र सुधारमा यहाँहरुको प्रयत्नको म सरहाना गर्दछु’, उनले भने।

Esewa
Crest

अध्यक्ष ढकालले महासंघ र निजी क्षेत्रले शिथिल अर्थतन्त्रको विस्तार र नेपालमा लगानी प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम र नीतिगत पैरवी गरिरहेको बताए। ‘यसमा सरकारको भरपुर सहयोग रह्यो’, उनले भने, ‘हामीले लगानी सम्वद्ध कानुनहरुमा समस्या रहेको बिषय उठायौँ । सरकारले कानुनमा संशोधन गर्यो । द्विपक्षीय लगानी प्रवर्द्धनका लागि सम्झौता आवश्यक भनौँ । त्यसको सरकारले खाका तयार पारेको छ । अब इच्छुक देशहरुसँग सम्झौता गर्नुपर्छ ।’

महासंघले नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेकोले सुधार आयोगको प्रस्ताव गरेको ढकालले बताए। ‘आयोग बनेर सुझाव सरकारसमक्ष पेस गर्यौं’, उनले भने, ‘त्यसलाई सरकारले आत्मसात गरेको मात्र नभइ बजेट र मौद्रिक नीतिमा केही सुझाव समावेश पनि भए । आज भन्दा तीन महिनाअघि यसै हलमा हामीले असल शासनका बिषयमा चर्चा गरेका थियौँ । लगत्तै प्रधानमन्त्रीज्यूले सुशासन आयोग नै गठन गरी काम थाल्नु भएको छ । यसमा निजी क्षेत्रलाई समावेश गर्ने आसय मैले बुझेको छु । यसका लागि म आग्रह पनि गर्दछु । यी सबै कामका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू र सरकारलाई आभार व्यक्त गर्दछु । आजको यो कार्यक्रम पनि त्यसैको एक कडी हो ।’

यो कार्यक्रमले व्यवसायीलाई सम्मानित भएर व्यवसाय गर्न प्रोत्साहन गर्ने ढकालको भनाइ थियो। ‘अन्तर्राष्टिय अभ्यासअनुसार यसरी सम्मानित हुने व्यक्तिहरुलाई सरकार र समाजले निक्कै महत्व दिएको हुन्छ’, उनले भने, ‘सरकारका सबै मन्त्रालयहरुले यसको महत्व आत्मसात गरेका हुन्छन्।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS