IME Life New

नेप्सेको सीईओमा नारद लुइँटेललाई नियुक्त गर्ने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को रिक्त सीईओ पदमा नारदकुमार लुइँटेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले नेप्सेको सीईओमा लुइँटेललाई नियुक्त गर्ने निर्णय गरेको हो। गत माघ २५ गतेबाट कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि नेप्सेमा सीईओ पद रिक्त थियो। लुइँटेलको नियुक्तिसँग नेप्सेले नयाँ सीईओ पाएको छ।

Esewa
Crest

नेप्सेको सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले गत फागुन १२ गते सूचना प्रकाशित गरी फागुन १८ गतेसम्म नेप्सेको सीईओमा आवेदन खुला गरेको थियो। त्यसपछि तोकिएको अवधिभित्र ३ दिन सार्वजनिक बिदा परेको भन्दै समितिले ७ दिन म्याद थप गर्दै फागुन २५ गतेसम्म आवेदन खुला गरेको थियो।

सिफारिस समितिले नेप्सेको सीईओका लागि परेका १० आवेदकमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको थियो सर्टलिस्टमा लुइँटेलसहित चूडामणि चापागाइँ, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल पर्न सफल भएका थिए। बाँकी ४ उम्मेदवारलाई पछि पार्दै लुइँटेल सीईओ बन्न सफल भएका छन्।

सर्लाहीका लुइँटेल पर्यटन व्यवसायी हुन्। लुइँटेलले तारागाउँ विकास समितिमा एक कार्यकाल अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए। लुइँटेललाई २०७८ फागुनमा सरकारले पुनः तारागाउँ विकास समितिको सदस्य सचिवको जिम्मेवारी दिएको थियो।

एमबीएसम्मको अध्ययन गरेका लुइँटेलले नेपालका पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को एक वर्ष कार्यकारी निर्देशक भएर पनि काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS