IME Life New

नारदको नियुक्ति उल्टाउँदै सरकारले चूडामणिलाई बनायो नेप्सेको सीईओ, नियुक्तिपत्र प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को रिक्त सीईओ पदमा चूडामणि चापागाइँलाई नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले नेप्सेको सीईओमा चापागाइँलाई नियुक्त गर्ने निर्णय गरेको हो। गत माघ २५ गतेबाट कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि नेप्सेमा सीईओ पद रिक्त थियो। चापागाइँको नियुक्तिसँग नेप्सेले नयाँ सीईओ पाएको छ।

Esewa
Crest

नेप्सेको सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले गत फागुन १२ गते सूचना प्रकाशित गरी फागुन १८ गतेसम्म नेप्सेको सीईओमा आवेदन खुला गरेको थियो। त्यसपछि तोकिएको अवधिभित्र ३ दिन सार्वजनिक बिदा परेको भन्दै समितिले ७ दिन म्याद थप गर्दै फागुन २५ गतेसम्म आवेदन खुला गरेको थियो।

सिफारिस समितिले नेप्सेको सीईओका लागि परेका १० आवेदकमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको थियो सर्टलिस्टमा चापागाइँसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल पर्न सफल भएका थिए। बाँकी ४ उम्मेदवारलाई पछि पार्दै चापागाइँ सीईओ बन्न सफल भएका छन्।

गत साता बसेको मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओमा लुइँटेललाई नियुक्त गरेका थिए। तर, पछि मन्त्रिपरिषद्को बैठकको निर्णयहरुमा नेप्सेमा सीईओ नियुक्तिको बुँदा भने हटाइएको थियो। लुइँटेल नियुक्त हुँदा सरकारको आलोचना हुन सक्ने भन्दै हिजो बसेको मन्त्रिपरिषदको बैठकले लुइँटेललाई पन्छाउँदै चापागाइँलाई नियुक्त गरेको हो। लुइँटेल पर्यटन व्यवसायी हुन्।

झापाका चापागाइँसँग बैंकिङ र बीमा क्षेत्रमा काम गरेको अनुभव रहेको छ। उनले सानिमा बैंकमा काम गरेका थिए। उनी साबिक सानिमा लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक पनि थिए।

नवनियुक्त सीईओ चापागाइँले आज राजस्वसचिव दिनेशकुमार घिमिरेबाट नियुक्तिपत्र बुझेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS