IME Life New

बाबा रामदेवलाई भारत सरकारले पठायो नोटिस, शंकास्पद कारोबारमा माग्यो स्पष्टीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले बाबा रामदेवको कम्पनी पतञ्जलि आयुर्वेदसँग केही शंकास्पद कारोबारमा स्पष्टीकरण मागेको छ।

ब्लुमबर्गको रिपोर्टमा भारतको कर्पोरेट मामिला मन्त्रालयले कम्पनीलाई नोटिस पठाएको उल्लेख छ। ‘आर्थिक गुप्तचर विभागले कम्पनीको केही कारोबार असामान्य र शंकास्पद पाएको छ। अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले अहिलेसम्म लेनदेनको रकम खुलासा गरिएको छैन’, स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा लेखिएको छ, ‘कम्पनीलाई सूचनाको जबाफ दिन लगभग दुई महिना दिइएको छ।’

Esewa
Crest

मन्त्रालयले कम्पनीको कामकारबाही र पैसाको प्रयोगको पनि अनुसन्धान गर्नेछ। मन्त्रालयले यसबारे तत्काल कुनै जानकारी दिएको छैन।

पतञ्जलि आयुर्वेदका प्रवक्ताले पनि कुनै प्रतिक्रिया दिएका छैनन्। पतञ्जलि आयुर्वेदमाथि प्रश्न उठाइएको यो पहिलोपटक होइन। गत वर्ष कम्पनीमाथि कर नतिरेको र गलत तरिकाले फिर्ता माग गरेको आरोप लागेको थियो।

अदालतले कम्पनीलाई केही रोगको उपचारका रुपमा आफ्ना उत्पादनको विज्ञापन गर्न पनि रोक लगाएको थियो।

पतञ्जलि आयुर्वेद एक निजी कम्पनी हो। तर यसको एउटा एकाइ पतञ्जलि फुड्स भारतको बम्बई स्टक एक्सचेन्जमा सूचीबद्ध छ। यस महिना यसको शेयरभाउ लगभग १० प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS