IME Life New

असोजको विनाशकारी बाढीको क्षति अध्ययनका लागि बल्ल तात्यो सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले गत असोजमा गएको बाढी, पहिरोबाट भएको क्षतिको (डिडिए) यकीन एक महिना भित्र गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री खड्ग प्रसाद ओलीको अध्यक्षतामा बसेको परिषद्को बैठकले क्षति यकिन गर्नका लागि एक महिनाको समय सीमा तोकेको हो। यसबाहेक पुनर्निर्माण र पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणको कार्यलाइ पनि प्राथमिकता दिने निर्णय बैठकले गरेको छ।

Esewa
Crest

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेशप्रसाद भट्टले बैठकमा गत असोज १० देखि १२ गतेसम्मको मनसुनजन्य विपद्को क्षतिको आँकलन कार्य चैत्र २८ र २९ गते भित्र सम्बन्धित क्षेत्रमै सम्पन्न गर्ने निर्णय भएको बताए ।

उनले ६ हजार जति घरको क्षतिको प्रारम्भिक विवरण आएकोमा त्यसको विस्तृत क्षति मूल्याङ्कन कार्य एक महिनाभित्रमा सम्पन्न गर्ने गरी टोली परिचालन गर्ने निर्णय भएको बताए । त्यसको लागि संयुक्त राष्ट्र संघ(युएन) बाट ६ जना प्राविधिक र १२ जना स्थानीय तहका प्राविधिक खटिने भएका छन् ।

बैठकले प्रदुषण नियन्त्रण गर्न स्थानीय तहमा सचेतना फैलाउने र नियन्त्रणका लागि जनशक्ति परिचालन गर्न तीन तहकै सरकारलाई निर्देशन दिने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS