काठमाडौं । सरकारले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ फेरि राष्ट्रपतिसमक्ष पठाउने भएको छ।
आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिसमक्ष उक्त अध्यादेश कुनै परिमार्जन नगरी प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उक्त आदेशमा आवश्यक पुनर्विचार गर्न भन्दै सरकारलाई फिर्ता पठाएका थिए।
उक्त अध्यादेश सरकारले पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए। ‘पहिले जे थियो, त्यही छ, परिमार्जन गरिएको छैन’, उनले भने।












