IME Life New

गभर्नर सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिको सदस्यमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो। पूर्वगभर्नर विजयनाथ भट्टराईले समितिको सदस्यबाट राजीनामा दिएपछि अधिकारीलाई त्यस ठाउँमा ल्याउने निर्णय सरकारले गरेको हो। समितिमा अर्का सदस्य राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा विश्वनाथ पौडेल छन्।

Esewa
Crest

नेपाली कांग्रेस र एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई गभर्नरमा नियुक्त गर्ने सहमति भएको खबर बाहिर आइरहेको छ। भट्टले राष्ट्र बैंकबाट राजीनामा पनि दिइसकेका छन्।

यद्यपि गत चैत २४ गते गभर्नर अधिकारीको कार्यकाल सकिएपछि कामु गर्भनरको जिम्मेवारी सम्हालिरहेकी निलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS