IME Life New

गोर्खाज फाइनान्सको ३०औँ वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको तीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रबार काठमाडौं गौशाला स्थित अनुपम फुडल्यान्डमा सम्पन्न भएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय प्रतिवेदन लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुको साथै सोही सभाले आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षणको लागि एनबीएसएम एसोसिएट्सलाई लेखापरीक्षकमा नियुक्ति गर्ने निर्णय गरेको समेत जानकारी प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले दिए ।

Esewa
Crest

उक्त साधारण सभाले विभिन्न मितिमा रिक्त भई सञ्चालक समितिले नियुक्त गरेका सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ । सोही सभाको अवसर पारी वित्तीय संस्थाले वित्तीय संस्थामा २० वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान गर्नुको साथै ३० वर्ष भन्दा अधिक सेवा गरी अनिवार्य अवकाश भएका मुकुन्द श्रेष्ठको बिदाई समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS