IME Life New

क्यानडाको पीआर चाहिने विदेशीलाई सुखद् खबर, एक्सप्रेस एन्ट्रीमा यी ३ नयाँ क्याटेगरीको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्यानडामा स्थायी बसोबास (पीआर) खोज्ने विदेशीका लागि सुखद खबर आएको छ।

क्यानडाको कार्नी सरकारले ३ नयाँ एक्सप्रेस एन्ट्री क्याटेगरी सिर्जना गर्ने विचार गरिरहेको छ। जसले विदेशी नागरिकलाई पीआर पाउन सजिलो बनाउन सक्छ।

Esewa
Crest

सीआईसी समाचारको रिपोर्टअनुसार अध्यागमन, शरणार्थी र नागरिकता क्यानडा (आईआरसीसी) ले प्रमुख अध्यागमन प्रणालीअन्तर्गत वरिष्ठ प्रबन्धक, अनुसन्धानकर्ता, वैज्ञानिक र दक्ष सैन्य कर्मचारीको छनोटलाई प्राथमिकता दिने प्रस्तावमा सार्वजनिक प्रतिक्रिया माग गरेको छ।

वरिष्ठ प्रबन्धकको माग

आईआरसीसीको सल्लाह दस्तावेजमा वरिष्ठ प्रबन्धक उच्च कुशल कर्मचारीका रुपमा चित्रण गरिएको छ। जसले कम्पनी वा संस्थाको सञ्चालनको निरीक्षण गर्छन् र कर्मचारीको टोलीको नेतृत्व गर्छन्। सन् २०२६ मा एक्सप्रेस एन्ट्रीमा सुरुआतका लागि सम्भावित नयाँ क्याटेगरी विचार गरिँदैछ।

एक्सप्रेस एन्ट्री क्यानडाली संघीय सरकारको आवेदन व्यवस्थापन प्रणाली हो। जसले कुन विदेशी नागरिकलाई पीआरका लागि आवेदन दिने अवसर पाउनेछ भनेर निर्धारण गर्दछ।

क्यानडाली सरकारले प्रस्तावित नयाँ वर्गहरुका बारेमा निर्णय कहिले घोषणा गर्ने भनेर घोषणा गरेको छैन। तर, सार्वजनिक परामर्शका लागि विन्डो सेप्टेम्बर ३ सम्म खुला छ।

यी क्याटेगरी समावेश गर्ने विचार

लिडरसिपः परामर्शका लागि जारी गरिएको पोस्टअनुसार यो वर्ग परिचय गर्नाले नयाँ दृष्टिकोण ल्याउन सक्छ। डिजिटल रुपान्तरणलाई गति दिन सक्छ, उत्पादकता बढाउन सक्छ र संगठनात्मक लक्ष्यमा योगदान पुरुयाउन सक्छ। विभागले भन्छ, ‘वरिष्ठ पदहरुमा उम्मेदवारलाई आकर्षित गर्नाले देशको प्रतिस्पर्धात्मक क्षमता बढाउन सक्छ र आर्थिक वृद्धि र समृद्धिलाई प्रवर्द्धन गर्न सक्छ।’

रिसर्च एन्ड इनोभेसनः आईआरसीसीले अनुसन्धानकर्ता र वैज्ञानिकको छनोटलाई प्राथमिकता दिने विचार पनि गरिरहेको छ। विभागको विश्वास छ कि वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनले उत्पादकत्व र कार्यसम्पादन बढाउन सक्छ र आर्थिक वृद्धिलाई उत्तेजित गर्न सक्छ।

राष्ट्रिय सुरक्षा र रक्षाः आईआरसीसीले साझेदार देशहरुबाट उच्च कुशल सैन्य भर्तीको छनोटलाई प्राथमिकता दिएर क्यानडाली सशस्त्र बलहरुलाई पनि समर्थन गर्न खोजिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

75%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS