काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो ।
यससँगै आज सुन तोलामा २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको ६० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४९० रुपैयाँमै कारोबार भएको थियो।












