काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत २२ गते सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९१ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।












