काठमाडौं । नेपाली बजारमा आज जेठ ६ गते बुधबार सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १२५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४९ सय ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ८५ सय रुपैयाँमा कारोबार भएको थियो।












