काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५३ सय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।












