काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन चाँदीको भाउमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३६ सय रुपैयाँले घटेको छ।
योसँगै प्रतितोला आज सुन २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ८७ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ४८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलमा ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो।












