काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउमा भारी वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला सुन २ लाख ९६ हजार १०० रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको भाउ पनि तोलामा १३५ रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ८१० रुपैयाँमा किनबेच भएको थियो।












