काठमाडौं । नेपाली बजारमा सुन चाँदीको भाउले दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो ।
यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर तोलामा ७ हजार ५०५ सय रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।












