काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको हो।
यससँगै आज सुन प्रतितोला सुन ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ७१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।












