काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ भने चाँदीको भाउमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले बढेको छ।
यससँगै आज सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबारचाँदी तोलाको ४ हजार ९८५ रुपैयाँमा किनबेच भएको थियो।












