काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत १८ गते सुनको मूल्य तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ सय रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४९ सय ४५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।












