काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ सामान्य बढेको छ भने चाँदी स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहेको छ । यससँगै चाँदी आज तोलामा २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा चाँदी २ हजार ७५ रुपैयाँ कायम भएको थियो।












