काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ५ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुन तोलामा २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलाको ३५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४२५ रुपैयाँमै कारोबार भएको थियो।












