काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो ।
योसँगै आज सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यता,आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।












