काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २१ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४७ सय ८० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा ४८ सय ३५ रुपैयाँमा पिकनबेच भएको थियो ।












