काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो।
यससँगै आज सुन प्रतितोला सुन ३ लाख १ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ६६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।












