काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १७५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।












