काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको भाउमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ हजार २ सय रुपैयाँले बढेको हो।
यसँगै आज प्रतितोला सुन २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १८० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।












