काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत १७ गते सुनको मूल्य तोलामा ६ हजार ७ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १४५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४८ सय ४५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४७ सय रुपैयाँमा कारोबार भएको थियो ।












