IME Life New

गोकर्ण रिसोर्टको रेटिङमा सुधार, तर सभा हल आयोजनाको ढिलाइले गुमायो अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको प्रतिष्ठित पर्यटकीय गन्तव्य गोकर्ण फरेस्ट रिसोर्ट प्राइभेट लिमिटेडको क्रेडिट रेटिङमा सुधार भएको छ। इक्रा नेपालले रिसोर्टको दीर्घकालीन ऋणका लागि एलबीबी प्लस र अल्पकालीन ऋणका लागि ए फो प्लस रेटिङ प्रदान गर्दै पहिलेको तुलनामा स्तरवृद्धि गरेको हो।

रेटिङमा सुधार भए तापनि रिसोर्टको निर्माणाधीन महत्वाकांक्षी परियोजना गोकर्ण इन्टरनेसनल कन्फरेन्स सेन्टर(सभागृह) मा भइरहेको ढिलाइले कम्पनीको वित्तीय स्वास्थ्य र अवसरको नोक्सानीबारे गम्भीर प्रश्न उठाएको छ।

Esewa
Crest

करिब ४७० एकड वन क्षेत्रमा फैलिएको यो रिसोर्टले आर्थिक वर्ष २०२५ मा ८८४५ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। विगत तीन वर्षमा राजस्वमा वार्षिक १० प्रतिशत को वृद्धि देखिए पनि रिसोर्टको औसत अकुपेन्सी दर भने ४४–४५ प्रतिशतमा मात्र सीमित छ।

यति ठूलो क्षेत्रफल र गल्फ कोर्सजस्ता विशेष सुविधा भएको सम्पत्तिमा अर्बौँको लगानी हुँदा पनि अकुपेन्सी न्यून रहनु र चालू पुँजीको चाप ७६ प्रतिशतसम्म पुग्नुले लगानीको तुलनामा प्रतिफल सन्तोषजनक नभएको विज्ञहरूको विश्लेषण छ।

रिसोर्टले ८० करोड रुपैयाँको लागतमा निर्माण गरिरहेको अन्तर्राष्ट्रिय सभा हल परियोजना निकै सुस्त देखिएको छ। सन् २०२५ को अन्त्यसम्ममा यसको भौतिक प्रगति मात्र ५२ प्रतिशत पुगेको छ। यसअघि सन् २०२४ को अप्रिलमै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको यो आयोजना निर्माण अनुमति र प्रकृयागत ढिलाइले गर्दा लम्बिएको हो।
ढिलाइले गर्दा आयोजनाको लागत बढ्ने जोखिम मात्र बढेको छैन, कम्पनीको नगद प्रवाहमा पनि दबाब परेको छ। पहिले थप स्वपूँजीमा लगानी गर्ने योजना रहे पनि अहिले कम्पनीले आयोजनाको २० प्रतिशत खर्च आन्तरिक स्रोतबाटै व्यहोर्नुपर्ने अवस्था आएको छ।

नेपाल सरकारले पर्यटन दशक २०२३ २०३३ मनाइरहँदा र काठमाडौँमा ठूला सभा सम्मेलनका लागि हलहरूको माग बढिरहेका बेला गोकर्णले यो बजार गुमाइरहेको छ। जेनजी अान्दोलनमा निकटत्त प्रतिस्पर्धी ह्यात रिजेन्सी बाैद्धमा आगजनी पछि अहिले बजारमा ठूलो सभाहल सहितको विलासी होटलको माग बढी रहेका बेला यसले अवसर गुमाउनु परेको छ। निर्माण ढिलो हुँदा प्रतिस्पर्धामा रहेका अन्य सुविधा सम्पन्न होटलहरूले यो अवसरको फाइदा उठाइरहेका छन्।

काठमाडौँमा नयाँ र अन्तर्राष्ट्रिय ब्राण्डका होटलहरू थपिने क्रमसँगै गोकर्णले कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने देखिन्छ। इक्रा नेपालका अनुसार, निर्माणाधीन सम्मेलन केन्द्रलाई समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउनु र रिसोर्टको अकुपेन्सी बढाउनु नै कम्पनीका लागि आगामी दिनको मुख्य चुनौती हुनेछ।

यति र थामसेर्कु समूहको बलियो आड र ऐतिहासिक पहिचानका कारण रेटिङमा सकारात्मक प्रभाव परे पनि आयोजनाको ढिलाइले कम्पनीको भविष्यको वित्तीय स्थायित्वमा भने अंकुश लगाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS