IME Life New

ट्रम्पको ट्यारिफ घोषणापछि विश्व शेयर बजारमा ५ वर्षयताकै उच्च गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ट्यारिफ घोषणा गरेको १ दिनपछि विश्व शेयर बजारमा ठूलो गिरावट देखिएको छ। यो सन् २०२० पछिको सबैभन्दा ठूलो गिरावट हो।

अप्रिल ३ बाट लागू भएको ट्यारिफले मूल्य बढाउने र अमेरिका तथा विदेशमा वृद्धिलाई असर गर्ने अनुमान गरिएको छ। दोस्रो दिन पनि एसिया प्यासिफिक क्षेत्रको शेयर बजारमा गिरावट आएको छ। यो २०२० पछि अमेरिकी एसएन्डपी ५०० (बजार सूचकांक) का लागि सबैभन्दा खराब दिन थियो।

Esewa
Crest

त्यतिबेला कोभिड–१९ का कारण अर्थतन्त्र ध्वस्त भएको थियो। नाइकी, एप्पल र टारगेटको शेयर सबैभन्दा बढी प्रभावित भएको छ। उनीहरुको शेयरभाउ ९ प्रतिशतभन्दा बढीले घटेको छ।

एसएन्डपी ५०० एउटा स्टक बजार सूचकांक हो। जसले अमेरिकी स्टक एक्सचेन्जहरुमा सूचीबद्ध ५०० प्रमुख कम्पनीको स्टक प्रदर्शन ट्रयाक गर्दछ।

यसैबीच ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले पत्रकारलाई भने, ‘मैले अमेरिकी अर्थतन्त्रलाई ‘उछाल’ ल्याउन र संघीय राजस्व बढाउन विश्वव्यापी आयातमा १० प्रतिशत कर लगाउने योजना बनाएको हुँ।’

यही बेला चीन र युरोपेली युनियनले अमेरिकी ट्यारिफको जबाफी कारबाही गर्ने संकेत गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS