IME Life New

विश्वमा प्राकृतिक विपत्तिबाट बीमाको क्षति २०० अर्ब डलर नाघ्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२५ मा वैश्विक प्राकृतिक विपत्तिबाट बीमाको क्षति २०० अर्ब डलर नाघ्ने अनुमान गरिएको छ।

जेनेभा एसोसिएसनले सन् २०२० प्राकृतिक विपत्तिबाट वार्षिक १०० अर्ब डलरको बीमांकृत सम्पत्तिको क्षति भएकोमा यो वर्ष बढेर २०० अर्ब डलर नाघ्ने अनुमान गरेको हो। एसोसिएसनको प्रतिवेदनअनुसार सन् २०२५ मा बीमाको क्षति दोब्बर हुनेछ।

Esewa
Crest

विशेषगरी आँधी, बाढी, आगलागी र चट्याङबाट बीमांकृत थुप्रै भौतिक संरचना क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। जलवायु परिवर्तनले मात्र नभएर मानवीय निर्णयले पनि बीमाको क्षति बढाएको प्रतिवेदनमा ठहर गरिएको छ।

पुनर्निर्माण खर्च बढ्नु, महँगी बढ्नु, आपूर्ति शृंखलामा प्रभावित हुनु तथा मजदुरको अभावमा बीमाको लागत बढ्दै गएको छ। यसैगरी बीमा विस्तारमा देखिएको समस्याले अर्थतन्त्रहरुमा प्राकृतिक विपत्ति उत्पन्न क्षतिले ठूलो प्रभाव पारिरहेको जेनेभा एसोसिएसनले जनाएको छ।

विशेषगरी एसियाली मुलुकहरुमा बीमा विस्तार सुस्त रहेको प्रतिवेदनमा उल्लेख छ। यसको मुख्य कारण बीमा र वित्तीय सचेतनालाई देशहरुले ध्यान नदिनु नै रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS