IME Life New

विश्वमा घोडा बीमाको माग बढ्दो गतिमा, चीन र भारतमा उच्च वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा घोडा बीमाको माग बढ्दो गतिमा रहेको छ।

फ्युचर मार्केट इन्साइट्सको प्रतिवेदनमा अबको १० वर्षमा विश्वमा घोडा बीमा बजारको आकार १ अर्ब ७३ करोड डलरको पुग्ने अनुमान गरिएको छ। सन् २०२५ मा घोडा बीमा बजार ६६ करोड ६६ लाख डलरको हुने अनुमान गरिएको छ। सन् २०३५ सम्म वार्षिक औसत १० प्रतिशतको वृद्धि यसको आकार पौने २ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको हो।

Esewa
Crest

उदयीमान बजारहरुमा घोडा बीमाको माग तीव्रगति बढिरहेको छ। चीनमा वार्षिक औसत १३.५ प्रतिशतको वृद्धि देखिने प्रतिवेदनमा उल्लेख छ। विशेष नयाँ–नयाँ किसिमका खेलकुद र विलासी जीवनशैलीमा प्रयोग हुने घोडामा लगानी बढ्दै गएको छ।

यसैगरी अबको १० वर्षमा घोडा बीमा बजार भारतमा १२.५ प्रतिशत, जर्मनीमा ११.५ प्रतिशत, बेलायतमा ९.५ प्रतिशत र अमेरिकामा ८.५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। बढ्दो पशु चिकित्सा लागत, उच्च दायित्व दाबी र घोडाको बढ्दो मूल्यले बीमाको माग बढाइरहेको प्रतिवेदनमा उल्लेख छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS