IME Life New

आम्दानी बढे पनि अझै घाटामा घोराही सिमेन्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १२ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को असोजसम्म कम्पनीले ५१ करोड ३७ लाख घाटा खाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले घाटा घटाएको छ।

Esewa
Crest

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १ करोड ४४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीलाई २६ करोड १३ लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो।

चालु वर्षको असोजसम्म कम्पनीले उत्पादन बिक्री गरेर ९० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको आम्दानी ६६ करोड ८४ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको आम्दानी ३५.५४ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब २८ करोड ७२ लाख रुपैयाँ र शेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २.८० रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १८६.३८ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS